1
भजनसंग्रह 32:8
नेपाली नयाँ संशोधित संस्करण
म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 32:8
2
भजनसंग्रह 32:7
तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। सेला
अन्वेषण गर्नुहोस् भजनसंग्रह 32:7
3
भजनसंग्रह 32:5
तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
अन्वेषण गर्नुहोस् भजनसंग्रह 32:5
4
भजनसंग्रह 32:1
धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 32:1
5
भजनसंग्रह 32:2
त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जसको मनमा छलकपट छैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 32:2
6
भजनसंग्रह 32:6
यसकारण हरेक भक्तजनले, जबसम्म तपाईंलाई प्राप्त गर्न सकिन्छ, तपाईंमा प्रार्थना गरोस्। अनि दु:ख-कष्ट र उर्लेको भेलले त्यसलाई छुनेछैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 32:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू