उनले भने, “परमेश्वरको क्रोधको नतिजा के हुनेछ, त्यो म तिमीलाई देखाउँदै छु। यस दर्शनको सम्बन्ध अन्त्यको समयसित छ।
“तिमीले देखेको दुई-सिङ्गे साँढ-भेडाले मादी र फारसी राज्यहरू बुझाउँछ। बोकोले ग्रीस राज्य बुझाउँछ र त्यसका आँखाबीचको ठूलो सिङले त्यस राज्यको पहिलो राजा बुझाउँछ।