1
प्रस्थान 20:2-3
सरल नेपाली पवित्र बाइबल
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, तिमीहरू दास-दासी भएर बसेका मिश्रदेशबाट मैले तिमीहरूलाई निकाली ल्याएँ। “मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्नू।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 20:2-3
2
प्रस्थान 20:4-5
“तिमीहरूले आफ्नो लागि स्वर्ग वा पृथ्वी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि कुराको मूर्ति नबनाउनू। तिमीहरूले कुनै मूर्तिलाई नढोग्नू न त तिनीहरूको पूजा नै गर्नू किनभने म तिमीहरूका परमेश्वर परमप्रभु हुँ अनि कोही मजस्तै हुन खोजेको म सहन्नँ। मलाई घृणा गर्नेहरूलाई तिनीहरूका सन्तानका तेस्रो र चौथो पुस्तासम्म म दण्ड दिनेछु।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:4-5
3
प्रस्थान 20:12
“आफ्ना आमा-बुबालाई आदर गर र मैले दिएको देशमा तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:12
4
प्रस्थान 20:8
“विश्रामको दिन मान्ने गर र त्यस दिनलाई पवित्र राख।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:8
5
प्रस्थान 20:7
“कुनै खराब उद्देश्यको निम्ति मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र मेरो नामको दुरुपयोग गर्नेलाई म दण्ड दिनेछु।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:7
6
प्रस्थान 20:9-10
तिमीहरू आफ्ना काम छ दिनसम्म गर, तर सातौँ दिनचाहिँ मलाई अर्पण गरिएको विश्रामको दिन हो। त्यो दिन कसैले काम नगर्नू। तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, गाई-वस्तु र तिमीहरूका देशमा बास गर्ने परदेशी, कसैले पनि केही काम गर्नेछैन।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:9-10
7
प्रस्थान 20:17
“तिमीहरूले अर्काका घर, स्वास्नी, कमारा-कमारी, गाई-गोरु, गधा वा अरू कुनै कुराको पनि लालच नगर्नू।”
अन्वेषण गर्नुहोस् प्रस्थान 20:17
8
प्रस्थान 20:16
“तिमीहरूले कसैलाई झूटो दोष नलाउनू।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:16
9
प्रस्थान 20:14
“तिमीहरूले व्यभिचार नगर्नू।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:14
10
प्रस्थान 20:13
“तिमीहरूले हत्या नगर्नू।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:13
11
प्रस्थान 20:15
“तिमीहरूले चोरी नगर्नू।
अन्वेषण गर्नुहोस् प्रस्थान 20:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू