1
यशैया 54:17
सरल नेपाली पवित्र बाइबल
तर कुनै हतियारले तँलाई चोट लगाउन सक्नेछैन। तँलाई दोष लाउनेहरूको मुखमा बुजो लाग्नेछ। म मेरा सेवकहरूको बचाउ गर्नेछु र तिनीहरूलाई विजय दिनेछु।” परमप्रभु बोल्नुभएको छ।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 54:17
2
यशैया 54:10
डाँडा-पर्वतहरू टुक्रा-टुक्रा हुन सक्लान्, तर तिमीहरूको निम्ति मेरो प्रेम कहिल्यै अन्त हुनेछैन, मेल-मिलापको यो मेरा करार म सदाकाल राखिछोड्नेछु।” तँलाई दया गर्नुहुने परमप्रभुले त्यसो भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यशैया 54:10
3
यशैया 54:4
नडरा, फेरि तेरो अपमान हुनेछैन, तँ होचो पारिनेछैनस्। तेरो जवानीपनको लाज भुल्नेछस्, विधवा भएपछिको घोर एक्लोपना बिर्सनेछस्।
अन्वेषण गर्नुहोस् यशैया 54:4
4
यशैया 54:5
तेरा सृष्टिकर्ता तेरा लोग्नेझैँ हुनुहुनेछ, उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। इस्राएलका पवित्र परमेश्वर तेरा उद्धारकर्ता हुनुहुन्छ, उहाँ सारा संसारका परमेश्वर कहलाइनुहुन्छ।
अन्वेषण गर्नुहोस् यशैया 54:5
5
यशैया 54:2
तँ बास गर्ने पाल बढा, तेरा पाल सङ्कोच नमानी फैला, त्यसका डोरीहरू लामा-लामा गर् र किलाहरू बलिया बना।
अन्वेषण गर्नुहोस् यशैया 54:2
6
यशैया 54:13
“तेरा सबै मानिसहरूलाई म आफैं शिक्षा दिनेछु र तिनीहरूलाई सुख-शान्ति दिनेछु।
अन्वेषण गर्नुहोस् यशैया 54:13
7
यशैया 54:8
“एकै क्षणको निम्ति मात्र मैले आफ्नो रिसमा मुख लुकाएँ, तर सदाकालको निम्ति तँलाई आफ्नो प्रेम देखाउनेछु।” तँलाई बचाउनुहुने परमप्रभु त्यसो भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यशैया 54:8
8
यशैया 54:7
“केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, ठूलो प्रेमको साथ तँलाई फिर्ता लिनेछु।
अन्वेषण गर्नुहोस् यशैया 54:7
9
यशैया 54:9
“नोआका समयमा फेरि पृथ्वीमा जलप्रलय कहिल्यै पठाउनेछैनँ भनी मैले प्रतिज्ञा गरेको थिएँ, अब म प्रतिज्ञा गर्दछु कि म तँसित फेरि रिसाउनेछैनँ, म तँलाई हप्काउने र दण्ड दिनेछैनँ।
अन्वेषण गर्नुहोस् यशैया 54:9
10
यशैया 54:12
म तेरा बुर्जाहरू लालमणिले बनाउनेछु, तेरा मूल-ढोकाहरू आगोझैँ बल्ने बहुमूल्य पत्थरहरूले र तेरा चारैपट्टिका पर्खाल रत्नहरूले बनाउनेछु।
अन्वेषण गर्नुहोस् यशैया 54:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू