यो देखेर येशूले कोर्रा लिएर त्यहाँ भएका गाईवस्तु, भेडा, बाख्रा सबै लखेट्नुभयो, पैसा साट्नेहरूको पैसा छरिदिनुभयो र टेबिलहरू पल्टाइदिनुभयो। उहाँले परेवा बेच्नेहरूलाई हकारेर भन्नुभयो, “तिमीहरूको चीजबीज यहाँबाट लैजाओ। मेरो पिताको घरलाई तिमीहरूले किनबेच गर्ने बजार बनाउन पाउँदैनौ!”