1
मत्ती 12:36-37
सरल नेपाली पवित्र बाइबल
म तिमीहरूलाई भन्छु, नचाहिँदो कुरा बोल्नेले न्यायको दिनमा त्यसको एक-एक लेखा दिनुपर्नेछ। तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 12:36-37
2
मत्ती 12:34
हे विषालु सर्पका सन्तानहरू हो! दुष्ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्छौ? जे मनमा छ, त्यही नै मानिसले बोल्दछ।
अन्वेषण गर्नुहोस् मत्ती 12:34
3
मत्ती 12:35
असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ।
अन्वेषण गर्नुहोस् मत्ती 12:35
4
मत्ती 12:31
यसकारण म तिमीहरूलाई भन्छु, मानिसले गरेको सबै पाप र निन्दाहरू मेटिन सक्छ, तर पवित्र आत्माको निन्दा गर्ने पापचाहिँ मेटिनेछैन।
अन्वेषण गर्नुहोस् मत्ती 12:31
5
मत्ती 12:33
“सप्रेको फल फल्न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 12:33
होम
बाइबल
योजनाहरू
भिडियोहरू