1
प्रकाश 7:9
सरल नेपाली पवित्र बाइबल
त्यसपछि मैले हेरें अनि कसैले पनि गन्न नसक्ने एउटा ठूलो भीड देखें। उनीहरू हरेक जाति, कुल, देश र भाषाबाट आएका थिए। उनीहरू सेतो पोशाक लगाएर हातमा खजुरका स्याउला समाती मूल सिंहासन र थुमाका अगाडि उभिरहेका थिए।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 7:9
2
प्रकाश 7:10
उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्वर र थुमाबाट नै हाम्रो उद्धार हुन्छ।”
अन्वेषण गर्नुहोस् प्रकाश 7:10
3
प्रकाश 7:17
किनभने सिंहासनको बीचमा हुनुहुने थुमाले नै उनीहरूको गोठालो भएर रक्षा गर्नुहुनेछ। उहाँले उनीहरूलाई जीवनको पानीका मूलमा डोर्याएर लानुहुनेछ। अनि परमेश्वरले नै उनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ।”
अन्वेषण गर्नुहोस् प्रकाश 7:17
4
प्रकाश 7:15-16
यसकारण उनीहरू परमेश्वरको अगाडि छन् र दिन-रात उहाँको पवित्र मन्दिरमा उहाँको सेवा गर्छन्। सिंहासनमा विराजमान् हुनुहुनेचाहिँ उनीहरूको बीचमा रहेर तिनीहरूको रक्षा गर्नुहुनेछ। उनीहरू अबदेखि कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्। घामले वा कुनै चर्को तापले उनीहरूलाई पोल्नेछैन
अन्वेषण गर्नुहोस् प्रकाश 7:15-16
5
प्रकाश 7:3-4
“हामीले हाम्रा परमेश्वरका सेवकहरूका निधारमा मोहर नलगाउञ्जेल पृथ्वी, समुद्र र रूखहरूलाई नबिगार!” अनि यसरी परमेश्वरका मोहर लागेकाहरूको सङ्ख्या इस्राएलीहरूको हरेक कुलबाट गरेर एक लाख चवालीस हजार भएको मलाई कसैले भन्यो।
अन्वेषण गर्नुहोस् प्रकाश 7:3-4
होम
बाइबल
योजनाहरू
भिडियोहरू