1
शमूएलको पहिलो पुस्तक 17:45
पवित्र बाइबल
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
तुलना
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 17:45
2
शमूएलको पहिलो पुस्तक 17:47
यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 17:47
3
शमूएलको पहिलो पुस्तक 17:37
परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।” शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।”
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 17:37
4
शमूएलको पहिलो पुस्तक 17:46
आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 17:46
5
शमूएलको पहिलो पुस्तक 17:40
दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 17:40
6
शमूएलको पहिलो पुस्तक 17:32
दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लड्ने छु।”
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 17:32
होम
बाइबल
योजनाहरू
भिडियोहरू