1
उपदेशकको पुस्तक 7:9
पवित्र बाइबल
छिटै रीसाउने नगर, किनकि रीसाहा बन्नु मूर्खता हो।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:9
2
उपदेशकको पुस्तक 7:14
जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:14
3
उपदेशकको पुस्तक 7:8
शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो। अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:8
4
उपदेशकको पुस्तक 7:19-20
ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:19-20
5
उपदेशकको पुस्तक 7:12
धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:12
6
उपदेशकको पुस्तक 7:1
एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:1
7
उपदेशकको पुस्तक 7:5
मूर्खबाट प्रशंसा पाउनु भन्दा, ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:5
8
उपदेशकको पुस्तक 7:2
भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किनकि सबै एक दिन मर्नै पर्छ, अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:2
9
उपदेशकको पुस्तक 7:4
ज्ञानीले सधैँ मृत्युबारे सोच्छ तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 7:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू