1
रोमीहरूलाई पावलको पत्र 3:23-24
पवित्र बाइबल
सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 3:23-24
2
रोमीहरूलाई पावलको पत्र 3:22
परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 3:22
3
रोमीहरूलाई पावलको पत्र 3:25-26
परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 3:25-26
4
रोमीहरूलाई पावलको पत्र 3:20
किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 3:20
5
रोमीहरूलाई पावलको पत्र 3:10-12
धर्मशास्त्रले भन्दछ, “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्! त्यहाँ कोही बुझ्झकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन। सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्, अनि सबै बेकम्मा भएका छन्। असल कर्म गर्ने कोही छैन। एकैजना पनि छैन।”
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 3:10-12
6
रोमीहरूलाई पावलको पत्र 3:28
किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 3:28
7
रोमीहरूलाई पावलको पत्र 3:4
अँहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छ, “तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ, अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।”
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 3:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू