1
1 कोरिन्थी 15:58
नेपाली समकालीन संस्करण
यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैं जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
तुलना
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:58
2
1 कोरिन्थी 15:57
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:57
3
1 कोरिन्थी 15:33
भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई नष्ट पार्छ।”
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:33
4
1 कोरिन्थी 15:10
तर म आज जे छु, परमेश्वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएको छैन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर ममा भएको परमेश्वरको अनुग्रहको कारणले हो।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:10
5
1 कोरिन्थी 15:55-56
“ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?” मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:55-56
6
1 कोरिन्थी 15:51-52
सुन, म तिमीहरूलाई एउटा रहस्य भन्छु: हामी सबैजना सुतिजानेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं; एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौं।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:51-52
7
1 कोरिन्थी 15:21-22
किनकि मृत्यु एकजना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनर्जीवन पनि एकैजना मानिसद्वारा आउँछ। जसरी आदमद्वारा सबै मरे, त्यसरी नै ख्रीष्टद्वारा सबैलाई जीवित पारिनेछ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:21-22
8
1 कोरिन्थी 15:53
किनकि विनाशीले अविनाशी रूप धारणा गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:53
9
1 कोरिन्थी 15:25-26
किनकि ख्रीष्टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ। अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 15:25-26
होम
बाइबल
योजनाहरू
भिडियोहरू