1
1 शमूएल 17:45
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।
तुलना
अन्वेषण गर्नुहोस् 1 शमूएल 17:45
2
1 शमूएल 17:47
यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”
अन्वेषण गर्नुहोस् 1 शमूएल 17:47
3
1 शमूएल 17:37
जुन परमेश्वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।” तब शाऊलले दावीदलाई भने, “जाऊ, र याहवेह तिमीसँग होऊन्।”
अन्वेषण गर्नुहोस् 1 शमूएल 17:37
4
1 शमूएल 17:46
आजको दिन याहवेहले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि म तँलाई लडाएर तेरो शिर काट्नेछु। आजको दिन म पलिश्ती सेनाहरूका लास आकाशका चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु। अनि सारा संसारले इस्राएलसँग परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्नेछन्।
अन्वेषण गर्नुहोस् 1 शमूएल 17:46
5
1 शमूएल 17:40
तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।
अन्वेषण गर्नुहोस् 1 शमूएल 17:40
6
1 शमूएल 17:32
दावीदले शाऊललाई भने, “यस पलिश्तीको कारण कोही पनि हताश नहोस्। म तपाईंको सेवक गएर त्यससँग लड्नेछु।”
अन्वेषण गर्नुहोस् 1 शमूएल 17:32
होम
बाइबल
योजनाहरू
भिडियोहरू