1
2 राजाहरू 6:17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तब एलीशाले प्रार्थना गरे, “हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।” तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो।
तुलना
अन्वेषण गर्नुहोस् 2 राजाहरू 6:17
2
2 राजाहरू 6:16
अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 6:16
3
2 राजाहरू 6:15
भोलिपल्ट परमेश्वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 6:15
4
2 राजाहरू 6:18
जब शत्रु तिनी भएतिर ओर्ले, तब एलीशाले याहवेहसित प्रार्थना गरे, “यी मानिसहरूलाई दृष्टिविहीन तुल्याइदिनुहोस्।” यसकारण उहाँले तिनीहरूलाई एलीशाले प्रार्थना गरेझैँ दृष्टिविहीन तुल्याइदिनुभयो।
अन्वेषण गर्नुहोस् 2 राजाहरू 6:18
5
2 राजाहरू 6:6
परमेश्वरका ती जनले सोधे, “त्यो कहाँ खस्यो?” अनि तिनले त्यो ठाउँ देखाइदिए। तब एलीशाले एउटा लहुरो काटेर त्यसभित्र फालिदिए; र त्यो फलामको बन्चरो माथि-माथि तैरियो।
अन्वेषण गर्नुहोस् 2 राजाहरू 6:6
6
2 राजाहरू 6:5
तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 6:5
7
2 राजाहरू 6:7
तब तिनले भने, “त्यसलाई उठाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर बन्चरोलाई लिए।
अन्वेषण गर्नुहोस् 2 राजाहरू 6:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू