1
उपदेशक 2:26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
जुन मानिसले परमेश्वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 2:26
2
उपदेशक 2:24-25
मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्वरका हातबाट प्राप्त हुँदछ; किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र?
अन्वेषण गर्नुहोस् उपदेशक 2:24-25
3
उपदेशक 2:11
जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ; ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ; सूर्यमुनि केही कुरो फाइदाको रहेनछ।
अन्वेषण गर्नुहोस् उपदेशक 2:11
4
उपदेशक 2:10
मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्त गर्न मैले आफैँलाई इन्कार गरिनँ; मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्न थियो; अनि मेरो सारा परिश्रमको फल यही थियो।
अन्वेषण गर्नुहोस् उपदेशक 2:10
5
उपदेशक 2:13
मैले देखेँ, मूर्खताभन्दा बुद्धि उत्तम हुँदोरहेछ, जसरी अन्धकारभन्दा उज्यालो उत्तम हुन्छ!
अन्वेषण गर्नुहोस् उपदेशक 2:13
6
उपदेशक 2:14
बुद्धिमान्को आँखा उसको शिरमा हुन्छ, तर मूर्खचाहिँ अँध्यारोमा हिँड्डुल गर्छ; तर मैले यो थाहा गरेँ कि, यी दुवैको अन्त्य एउटै हुँदोरहेछ।
अन्वेषण गर्नुहोस् उपदेशक 2:14
7
उपदेशक 2:21
किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो।
अन्वेषण गर्नुहोस् उपदेशक 2:21
होम
बाइबल
योजनाहरू
भिडियोहरू