तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ:
“ ‘उहाँले तपाईंको सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न
आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातमा उचाल्नेछन्,
ताकि तपाईंको खुट्टा कुनै ढुङ्गामाथि नबजारियोस्।’ ”
येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ”