यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ? अथवा परमेश्वरको दयाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने कुराको आभाष नगरी, तिमी परमेश्वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?