1
रोमी 3:23-24
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमाबाट टाढा भएका छन्; र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।
तुलना
अन्वेषण गर्नुहोस् रोमी 3:23-24
2
रोमी 3:22
यो धार्मिकताचाहिँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैले विश्वासद्वारा प्राप्त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्नता छैन।
अन्वेषण गर्नुहोस् रोमी 3:22
3
रोमी 3:25-26
परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन। परमेश्वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।
अन्वेषण गर्नुहोस् रोमी 3:25-26
4
रोमी 3:20
यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ।
अन्वेषण गर्नुहोस् रोमी 3:20
5
रोमी 3:10-12
यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।”
अन्वेषण गर्नुहोस् रोमी 3:10-12
6
रोमी 3:28
यसकारण हामी यो मान्छौ, मानिस व्यवस्थाको कामविना विश्वासद्वारा नै धर्मी ठहरिन्छ।
अन्वेषण गर्नुहोस् रोमी 3:28
7
रोमी 3:4
वास्तवमा होइन! परमेश्वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्, र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।”
अन्वेषण गर्नुहोस् रोमी 3:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू