ती एघारै जना चेलाहरू गालीलको त्यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो। तिनीहरूले उहाँलाई देखेर दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे। तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
मत्ती 28 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 28:16-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू