YouVersion लोगो
खोज आइकन

मत्ती 28:16-20

मत्ती 28:16-20 NCV

तब ती एघार जना चेलाहरू गालीलको पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो। तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे। तब येशू तिनीहरूकहाँ आउनुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्‍तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्‍चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।”

मत्ती 28 पढ्नुहोस्