YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:1-7

यूहन्‍ना 14:1-7 सरल नेपाली

येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू दु:ख नमान। तिमीहरूले आफ्‍नो भरोसा परमेश्‍वरमाथि राख र ममाथि पनि राख। मेरा पिताको घरमा धेरै बस्‍ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्‍यस्‍तो नभए मैले तिमीहरूलाई यस्‍तो कुरा भन्‍ने नै थिइनँ। तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ। म जान लागेको ठाउँको बाटो त तिमीहरूलाई थाहै छ।” थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्‍छ, त्‍यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्‍छ र?” येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्‍न सक्‍दैन। तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्‍नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।”

यूहन्‍ना 14 पढ्नुहोस्