YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:1-7

यूहन्‍ना 14:1-7 NCV

“तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्‍वरमाथि विश्‍वास राख, र ममाथि पनि विश्‍वास राख। मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्‍नेथिइनँ। म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु। म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।” थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्‍ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्‍न सक्छौँ?” येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।”

यूहन्‍ना 14 पढ्नुहोस्