YouVersion लोगो
खोज आइकन

मत्ती 28:16-20

मत्ती 28:16-20 सरल नेपाली

एघार जना चेलाहरू येशूले जान भन्‍नुभएको गालीलको डाँडामा गए। येशूलाई देख्‍नासाथ तिनीहरू उहाँको अगाडि घोप्‍टो परे। तैपनि तिनीहरूमध्‍ये कति चेलालाई त ‘येशू नै हो कि होइन’ भन्‍ने शङ्का लाग्‍यो। तब येशू नजिक आएर तिनीहरूलाई भन्‍नुभयो, “हेर, स्‍वर्ग र पृथ्‍वीको सबै अधिकार मलाई दिइएको छ। अब तिमीहरू गएर सबै मानिसहरूलाई मेरा चेलाहरू बनाओ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्‍माको नाउँमा बप्‍तिस्‍मा देओ। तिनीहरूलाई मैले आज्ञा गरेका सबै कुराहरू मान्‍न सिकाओ। अनि हेर, म सधैँभरि, अँ संसारको आखिरी दिनसम्‍मै तिमीहरूसँगै रहनेछु।”

मत्ती 28 पढ्नुहोस्