त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो। उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्म केही पनि खानुभएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। त्यसै बेला शैतानले उहाँकहाँ आएर भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होइजा भन्नुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्तैन, तर ऊ परमेश्वरको मुखबाट निक्लेको हरेक बोलीले बाँच्दछ।” त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्यो र मन्दिरको टुप्पोमा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने लौ यहाँबाट तल हाम फाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– ‘परमेश्वरले तिम्रो लागि आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र ढुङ्गाले तिम्रा खुट्टामा चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्’।” येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्’।” फेरि शैतानले येशूलाई एउटा अग्लो पहाडमा लग्यो र संसारका सबै राज्य र तिनीहरूको चमक देखाउँदै भन्यो, “मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।” येशूले भन्नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्’।” शैतानले येशूलाई छोडेर गयो अनि स्वर्गदूतहरू आएर येशूको सेवा गरे।
मत्ती 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 4:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू