YouVersion लोगो
खोज आइकन

मत्ती 4:1-11

मत्ती 4:1-11 NCV

तब येशू शैतानद्वारा परीक्षित हुनालाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी भइजाऊन् भनी भन्‍नुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले मात्र बाँच्दछ।’ ” तब शैतानले उहाँलाई पवित्र शहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। अनि भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातमा उचाल्नेछन्, ताकि तपाईंको खुट्टा कुनै ढुङ्गामाथि नबजारियोस्।’ ” येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’ ” फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पर्वतमा लगेर संसारका सबै राज्यहरू अनि तिनीहरूका वैभव देखायो, अनि भन्यो, “यदि तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, म यी सबै तपाईंलाई दिनेछु।” त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ” तब शैतान उहाँलाई छोडेर गइहाल्यो अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।

मत्ती 4 पढ्नुहोस्