YouVersion लोगो
खोज आइकन

उपदेशकको पुस्तक 10

10
1मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
2ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ। 3मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।
4मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
5यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ। 6मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन। 7नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्।
हरेक काम जोखिमपूर्ण हुन्छ
8आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ। 9ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।
10तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो।
11लट्ठ्याउन अघिनै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।
12ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्,
परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।
13मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुङ्ग्याउँछ। 14मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुँदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा के हुनेवाला छ।
15एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ,
यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।
कामको मूल्य
16देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ। 17तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खाँदैन अथवा मतुवा हुँदैनन्।
18यदि कोही कामगर्न अति अल्छी छ भनें,
उसको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।
19मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।
निन्दा
20राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किनकि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।

अहिले सेलेक्ट गरिएको:

उपदेशकको पुस्तक 10: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्