YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 122

122
मन्दिरतर्फ गइरहेको बेला दाऊदको भजन।
1म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने,
“परमप्रभुको मन्दिर तर्फ जाऊँ।”
2हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
3यो नयाँ यरूशलेम हो।
एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
4त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्।
परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्।
5दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए।
तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
6यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर।
“जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्।
7तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्।
म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
8मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ,
म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
9हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 122: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्