भजनसंग्रह 123
123
मन्दिरतिर गइरहेको बेलाको भजन।
1हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
र उहाँबाट दया पर्खिरहन्छौं।
3हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्,
किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
4हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 123: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International