भजनसंग्रह 49
49
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
1तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।
पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
2प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
3म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।
मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ।
4मैले स्वयंले ती कथाहरू सुनें
अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।
5कष्ट आउँछ भनेर म किन डराउनु?
यदि दुष्ट-मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
6कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।
तर ती मानिसहरू मूर्खहरू हुन्।
7कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,
अनि तिमीले परमेश्वरलाई घूस#49:7 घूस यहाँ परमप्रभुलाई चढाउने भेटी वा बलि हो जसद्वारा दोषीलाई उहाँले क्षमा गर्नु हुनेछ। दिन सक्तैनौ।
8कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन
जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
9कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन
जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्,
अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
10हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी#49:10 अट्टेरी अथवा “फटाह मानिसहरू” अथवा “पशुहरू।” मर्छन्।
तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
11चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।
तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
12मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैँका लागि बाँच्न सक्तैनन्।
तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
13ती मूर्खहरूसँग त्यही घटना हुनेछ
जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
14ती मानिसहरू खाली भेंडा जस्तै हुन्।
चिहान नै तिनीहरूको खोर हो।
मृत्यु तिनीहरूको गोठाला हुनेछन।
त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्।
जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
15तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ,
उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!
16तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ।
तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
17ती मानिसहरू मरेर गएपछि आफूसँग केही पनि लाँदैनन्।
तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
18एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ।
अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
19तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ,
अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
20मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन्
तिनीहरू पशुहरू जस्तै मर्ने छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 49: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International