1 थेसलोनिकी 3
3
1यसकारण जब हामी यो सहन नसक्ने भयौं, हामीले एथेन्समै बस्ने निर्णय गर्यौं। 2हामीले तिमोथीलाई पठायौं, जो हाम्रा भाइ अथवा परमेश्वरको सेवामा ख्रीष्टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्वास बलियो बनाउन र उत्साह दिनलाई पठायौं, 3ताकि यी कष्टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौं। 4वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौं भनेर हामीले तिमीहरूलाई भनिरह्यौं। अनि हामीले जे भनेका थियौं, त्यही नै भयो भन्ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ। 5यसकारण तिम्रो बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्ने डरले तिमीहरूको विश्वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ।
तिमोथीको उत्साहजनक खबर
6तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैं हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौं; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्न उत्कट इच्छा राखेका छौ भन्ने खबर तिनले दिएका छन्। 7यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूको विश्वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौं। 8तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ। 9तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्वरलाई कसरी पर्याप्त रूपमा धन्यवाद चढाउन सक्छौं र? 10हामीले तिमीहरूलाई फेरि भेट्न सकौं र तिमीहरूका विश्वासमा कमी भएको कुरा पूरा गर्न सकौं भनेर हामीले उत्सुक्ताका साथ रातदिन प्रार्थना गरिरहेका छौं।
11हाम्रा परमेश्वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदिऊन्। 12जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदिऊन् र प्रशस्त पारून्। 13हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा परमेश्वरको पिता उपस्थितिमा निष्खोट र पवित्र हुनालाई उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।
अहिले सेलेक्ट गरिएको:
1 थेसलोनिकी 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.