यशैया 9:6-7
यशैया 9:6-7 NCV
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्लाहकार, शक्तिशाली परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ। उहाँको शासन वृद्धि र शान्तिको अन्त्य हुनेछैन। उहाँले दावीदको सिंहासनमाथि र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। सेनाहरूका याहवेहको जोशले यसलाई सम्पन्न गर्नेछ।



