बाइबल एप लोगो
खोज आइकन

यशैया 9:6-7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

यशैया 9:6-7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्‍तिका वृद्धिको अन्‍त कहिल्‍यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्‍यमाथि त्‍यसलाई न्‍याय र धार्मिकताको साथ स्‍थापित गरी स्‍थिर गराउन, त्‍यस बेलादेखि सदाको निम्‍ति उहाँले राज्‍य गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो पूरा गर्नेछ।

शेयर गर्नुहोस्
यशैया 9 NNRV

यशैया 9:6-7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हाम्रा निम्‍ति एउटा बालक जन्‍मेका छन्! हामीलाई एउटा पुत्र दिइएको छ! उनले हामीमाथि राज्‍य गर्नेछन्। उनको नाम “उदेकका सल्‍लाहकार,” “पराक्रमी परमेश्‍वर,” “सनातनका पिता,” “शान्‍तिका राजकुमार” हुनेछ। उनको राज्‍य-शक्ति बढिरहनेछ, उनको राज्‍यमा सधैँ शान्‍ति रहनेछ। दाऊद राजापछि आउने राजा उनी नै हुनेछन्। न्‍याय र धर्ममा खडा भई अबदेखि उसो सदाका निम्‍ति उनले राज्‍य गर्नेछन्। सर्वशक्तिमान् परमप्रभुले आफ्‍नो जोशमा यी सबै गर्नुहुनेछ।

शेयर गर्नुहोस्
यशैया 9 सरल नेपाली

यशैया 9:6-7 NERV (पवित्र बाइबल)

कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।” उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

शेयर गर्नुहोस्
यशैया 9 NERV

यशैया 9:6-7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ। उहाँको शासन वृद्धि र शान्तिको अन्त्य हुनेछैन। उहाँले दावीदको सिंहासनमाथि र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। सेनाहरूका याहवेहको जोशले यसलाई सम्पन्‍न गर्नेछ।

शेयर गर्नुहोस्
यशैया 9 NCV