“त्यसैले बीउ छर्नेको दृष्टान्तको अर्थ के हो ध्यानसित सुन: कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्ट आएर उसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बीउ यही हो। ढुङ्गेनी जमिनमा खसेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। तर तिनीहरूका जरा नभएकाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तिनीहरू झट्टै पछि हट्छन्। काँडाहरूमा परेको बीउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन् र त्यो फलहीन हुन्छ। तर असल जमिनमा परेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ अनि बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”
मत्ती 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:18-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू