येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका हरेक रोग र दुर्बलतालाई निको पार्दै जानुभयो। उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्न किसिमका रोग लागेकाहरू, कष्ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश र यर्दन पारिका हुलका हुल मानिसहरू उहाँको पछि लागे।
मत्ती 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 4:23-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू