मीका 4:6-8

मीका 4:6-8 NCV

याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु; म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु, जसमाथि मैले शोक ल्याएको थिएँ। म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु, देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु। त्यसपछि याहवेहले सियोन पर्वतमा, तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ। तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।”

मीका 4 पढ्नुहोस्