यशैया 40:30-31
यशैया 40:30-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जवानहरू पनि दुर्बल हुन्छन्, जवानहरू थाकेर लड्छन्, तर ज-जसले परमप्रभुमाथि मद्दतको लागि भरोसा राख्दछन्, तिनीहरूले फेरि नयाँ बल पाउँदछन्। तिनीहरू चिलझैँ मास्तिर उड्नेछन्। दगुरेर पनि थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:30-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:30-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जवानहरू पनि थाक्छन् र गल्छन्; अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्; तर याहवेहमा आशा राख्नेहरूले नयाँ सामर्थ्य पाउँछन्। तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्; तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्; तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्