बाइबल एप लोगो
खोज आइकन

लूका 2:6-7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

लूका 2:6-7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो। तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।

शेयर गर्नुहोस्
लूका 2 NNRV

लूका 2:6-7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्‍केरी हुने बेला भयो र तिनले आफ्‍नो जेठो छोरा जन्‍माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्‍न कहीँ पनि ठाउँ पाएनन्।

शेयर गर्नुहोस्
लूका 2 सरल नेपाली

लूका 2:6-7 NERV (पवित्र बाइबल)

यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।

शेयर गर्नुहोस्
लूका 2 NERV

लूका 2:6-7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।

शेयर गर्नुहोस्
लूका 2 NCV