प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो नमूना
धन्य हुन् भोकाउनेहरू
धार्मिकताको लागि भोकाउने र तिर्खाउनेहरू तिनीहरू हुन् जसले राम्रो जीवन बिताउन चाहन्छन्। यो राम्रो जीवन तब मात्र राम्रो हुन्छ यदि येशु यसको केन्द्रमा हुनुहुन्छ र यदि यसले हाम्रो वरपरका मानिसहरूलाई सकारात्मक प्रभाव पार्छ । परमेश्वरका चीजहरूको लागि भोकाउनु भनेको हाम्रो सारा हृदयले परमेश्वरलाई खोज्नु हो र हामीसँग भएका सबै कुराहरूद्वारा र हामी आफू जो हौँ त्यो पहिचानद्वारा उहाँलाई आदर गर्न छनौट गर्नु हो। यो गराई भन्दा भनाई सजिलो छ किनकि हाम्रो दिनहरू काम,परिवार र यहाँ सम्म कि सेवकाईका विचारहरुले भरिएको छ। जबकि यी सबै एकदम महत्त्वपूर्ण छन्,अरूबाट धन्यका कुरालाई अलग गर्ने कुरा भनेको तिनीहरूले परमेश्वरको आदर गर्न समय निकाल्नु हो। तिनीहरू दिनको कुनै न कुनै समयमा उहाँसँग एक्लै समय बिताउन सक्छन्,तर तिनीहरूले दिनभरि निरन्तर परमेश्वरसँग कुराकानी गर्ने आफ्नो क्षमता विकास गरेका छन्।
आफ्नो पुस्तक ‘ए हंगर फर गड’ मा जोन पाइपर भन्छन् "यदि तपाईं परमेश्वरको महिमाको प्रकटीकरणको लागि तीव्र इच्छाहरू महसुस गर्नुहुन्न भने,यो कारण होइन कि तपाईंले कडा रक्सी पिउनुभयो र सन्तुष्ट हुनुहुन्छ। तर कारण यो छ कि तपाईँले संसारको टेबुलमा धेरै लामो समयसम्म खाइराख्नु भएको छ। तपाईंको आत्मा स-साना कुराले भरिएको छर ठूला कुराहरूको लागि कुनै ठाउँ छैन।"
के हाम्रा फोनहरू,हाम्रो हटस्टार/नेटफ्लिक्स कार्यक्रमहरू र हाम्रा निरन्तर चलिरहने कार्यतालिकाहरूबाट समय निकालेर आज परमेश्वरको लागि समय निकाल्न सम्भव छ?
जोन पाइपर अझै थप्छन् "मैले भेटेको सबैभन्दा बलियो,सबैभन्दा परिपक्व क्रिश्चियनहरू परमेश्वरको लागि सबैभन्दा भोका छन्। यस्तो लाग्न सक्छ कि धेरै खानेहरू सबसे कम भोका हुनेछन्। तर यो एक अपरिहार्य झरना,र एक अनन्त भोज,र एक महिमित प्रभु सँग काम गर्ने तरिका होइन।"
यसले हामीलाई पहिले भन्दा परमेश्वरको लागि अझै भोको हुन उत्प्रेरित गर्नुपर्छ। हामीसँग उहाँ र उहाँको वचन जति धेरै छ,हामीलाई त्यति नै आवश्यक हुनेछ। येशुले भन्नुहुन्छ कि जब हाम्रो आसन उहाँको लागि भोक र तिर्खाको हुन्छ,हामी भरिनेछौँ- भरिभराउ हुनेछौँ। तपाईंले यो महसुस गर्नुहुन्न होला तर तपाईंको वरपरका अरूले फरक महसुस गर्नेछन्। हामीले येशुले प्रतिज्ञा गर्नुभएको जीवित पानीको गहिराई पिउनु पर्छ र परमेश्वरको वचनमा आफैलाई खुवाउनुपर्छ। यसबाट मात्र हामीलाई सन्तुष्टि मिल्छ।
उद्धरण:हामीले येशुले प्रतिज्ञा गर्नुभएको जीवित पानीको गहिराई पिउनु पर्छ र परमेश्वरको वचनमा आफैलाई खुवाउनुपर्छ। यसबाट मात्र हामीलाई सन्तुष्टि मिल्छ।
यस योजनाको बारेमा
क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.wearezion.co/