YouVersion लोगो
खोज आइकन

केवल येशुनमूना

केवल येशु

दिन 1 को 9

केवल येशु

हामी अनिश्चित समयमा जिउँदछौँ। मानवले भोग्ने समस्याहरूको कुनै अन्त्य छैन र पनि ख्रीष्टलाई पछ्याउनेहरूका रूपमा हामीलाई “नडराओ” भनी घरीघरी आग्रह गरिएको छ। अनि यसले हामीलाई तनाव र सङ्घर्ष अपरिहार्य हुन् तर डरचाहिँ छनौटको कुरो हो भनी विश्वास गर्नको कारण दिलाउँदछ। चिन्ता छनौट हो। शङ्का छनौट हो। जब तपाईँलेयस पाठलाई अबको ८ दिनसम्म पढ़नुहुनेछ, हाम्रो प्रार्थना यो छ कि,संसारको अस्पष्ट वातावरणमातपाईँले आफ्नो दृष्टि येशुमा राख्नुहुनेछ। केवल उहाँले हाम्रो डरलाई शान्त गराउन, हाम्रो समस्याग्रस्त हृदयलाई स्थिर पार्न, समझले नभ्याउने शान्ति दिन र सुख्खा भूमिमा आशालाई जगाउन सक्नुहुन्छ। तपाईँले सामना गर्ने हरेक अवस्थामा पनि अबको केही दिनहरूसम्म येशुमा मात्रै ध्यान केन्द्रित गर्न विवेकशील छनौटको लागि आग्रह गर्दछौँ। उहाँमा आफ्नो दृष्टि राख्ने र येशु ख्रीष्टको सुसमचारको दृष्टिद्वारा सारा संसारलाई हेर्ने तपाईँको लागि पक्का पनि एक अभ्यास बन्नेछ।

प्रार्थना:

प्यारो प्रभु, म प्रार्थना गर्दछु कि तपाईँले म भित्रको आँधीलाई शान्त पार्नुहुनेछ र आज तपाईँको भलाई र प्रेम नयाँ तरिकाले अनुभव गर्न सहायता गर्नुहुनेछ। म तपाईँलाई प्रेम गर्छु र प्रार्थना गर्छु कि तपाईँले आफैंलाई मलाई प्रकट गराउनुहुनेछ। येशुको नाममा आमेन।

धर्मशास्त्र

दिन 2

यस योजनाको बारेमा

केवल येशु

गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/