केवल येशुSample

केवल येशु – सिद्ध बलिदान
यस्तो समयमा बाँचिरहनुभएको कल्पना गर्नुहोस् जब तपाईँ प्रत्यक्ष रूपमा परमेश्वरमा पहुँच गर्न सक्नुहुन्न तर तपाईँको लागि मध्यस्थता गर्ने पुजारीहरूबाट गुज्रनु परेको थियो। के हुन्छ यदि तपाईँले चिन्नुभएको परमेश्वर आगो र बादलको स्तम्भमा फेला पर्नुभयो,जसले आफ्नो चुनिएका अगमवक्ताहरूसँग कुरा गर्न तल आउँदा पृथ्वीलाई गर्जाउनुभयो र हल्लाउनुभयो। मोशा त्यस्ता चुनिएका मानिस थिए जसले परमेश्वरसँग आमनेसामने कुरा गरे र फेरि कहिल्यै उस्तै भएनन्। तब परमेश्वरले मोशालाई हारून र तिनका छोराहरूलाई पुजाहारी पदको लागि अभिषेक गर्ने काम दिनुभयो र व्यवस्था पनि राख्नुभयो। इस्राएलीहरूले कसरी परमेश्वरलाई अझ राम्रोसँग सेवा गर्न र उहाँलाई तनमनले प्रेम गर्ने भनेर व्यवस्थामा निर्देशनहरू थिए। यति मात्र होइन,धेरै अवसरमा बलि सम्बन्धी व्यवस्थाहरू थिए। यी बलिहरूलाई डोलाइने बलि,अन्नबलि,होमबलि,पापबलि भनिन्थ्यो र तिनीहरूलाई चढाउनेहरूलाई प्रायश्चित र क्षतिपूर्ति दिन सेवा दिइयो। मलाई एक वर्षमा सबै आवश्यक बलिहरूलाई कायम राख्न कष्टकर,मेहनती र अलिकति गाह्रो हुने थियो भनी निश्चित छु। अपेक्षा गरे अनुसार मानिसहरूले आफ्नो सम्झौताको पक्षमा राखेनन् र आफ्नो परमेश्वरलाई त्यागे र विदेशी धर्महरूको पछि लागे र मूर्तिपूजक संस्कृतिहरू अँगाले। यस्तो लाग्थ्यो कि मानिसले परमेश्वरको अपेक्षाहरू पूरा गर्न सक्ने कुनै तरिका थिएन। त्यसैले येशुलाई पृथ्वीमा सबै मानिसजातिका पापहरूको लागि एक मात्र सिद्ध बलिदानको रूपमा पठाइएको थियो। उहाँ परमेश्वरको पापरहित थुमा हुनुहुन्थ्यो जसले उहाँमा हाम्रा सबै पापहरू बोकाउनुभयो ताकि उहाँको रगत बगाएर हामीले प्रायश्चित र मुक्ति एक पटक र सदाको लागि प्राप्त गर्यौं। यो प्रेमिलो पिताले आफ्ना सबै बालकहरूलाई बचाउनको लागि गरेको सबैभन्दा सुन्दर र अमूल्य आदानप्रदान हो। आज,हामी येशुको शरीरलाई सम्झन्छौं जुन हाम्रो लागि तोडिएको थियो र उहाँको रगत जुन हामीलाई मुक्तिको उपहार प्रदान गर्नको लागि बगाइएको थियो जब हामी प्रभुको भोजमा भाग लिन्छौं। हामीले यो नि:शुल्क उपहार प्राप्त गर्दा हाम्रो सामु राखिएको एउटै शर्त भनेको पश्चात्ताप गर्ने हृदयका साथ परमेश्वरसामु आउनु हो।पश्चात्ताप बिना,क्षमा सस्तो छ।पश्चात्ताप बिना,मुक्तिको कुनै मूल्य छैन। मोशा र हारूनको समयमा झैं परमेश्वर आज पनि पवित्र हुनुहुन्छ। उहाँ सारा आदर,सारा प्रशंसा र सारा महिमाको योग्य हुनुहुन्छ। उहाँ अझै पनि अचम्मका प्रेरणादायी र अविश्वसनीय रूपमा शानदार हुनुहुन्छ। कुनै पनि शब्दले उहाँको महानता र शक्तिलाई उपयुक्त रूपमा वर्णन गर्न सक्दैन। बाइबलले बताउँछ कि जब हामीले हाम्रा पापहरू स्वीकार गर्छौं उहाँ विश्वासयोग्य र न्यायी हुनुहुन्छ हामीलाई हाम्रा सबै अधर्महरू क्षमा गर्न। येशुको बलिदानले हामीलाई शुद्ध मात्रै होइन,हामीलाई पुनर्स्थापित पनि गर्यो। यसले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई पुनर्स्थापित गर्यो किनकि हामी अब प्रत्यक्ष रूपमा परमेश्वरसँग जोडिन सक्छौँ र उहाँमा विश्वास गर्ने हामीमध्ये प्रत्येकको लागि अनन्त जीवनको आशालाई पुनर्स्थापित गर्यौँ।
प्रार्थना:
प्रिय प्रभु,तपाईँको पुत्रलाई मेरो ठाउँमा मर्न पठाउनु भएकोमा धन्यवाद दिन्छु। म प्रति तपाईँको ठूलो प्रेमको लागि म तपाईँलाई धन्यवाद दिन्छु। म मेरा पापहरूको पश्चात्ताप गर्छु र आग्रह गर्छु कि मैले जानेर र नजानी तपाईँलाई चोट पुर्याएको सबैको लागि मलाई क्षमा दिनुहोस्। म भित्र एक सही आत्मा नवीकरण गर्नुहोस् र मलाई अनन्त बाटोमा डोर्याउनुहोस्। येशुको नाममा। आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
Related Plans

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

उद्धार

बोलावट

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

पुनस्थापनालाई रोज्नु

तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्
