ग्रेसको गान (Anthem of Grace)नमूना
कसरी कसैले मलाई प्रेम गर्न सक्छ होला?
के तपाईंले कहिल्यै त्यो सोच्नुभएको छ? मैले सोचेको छु।
हुर्किने क्रममा, म सिद्धतादेखि निक्कै टाढा थिएँ र अहिले पनि छु। तर किशोरावस्थामा मैले धेरै दोष र लाज बोकेको थिएँ। मानिसहरूले मलाई "परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ" वा "उहाँसित तपाईंको जीवनको लागि राम्रो योजनाहरू छन्" जस्ता कुराहरू भन्थे।
तर जब तपाईं अतिनै अयोग्य र आफूलाई अप्रिय महसुस गर्दा, तिनीहरूले भनेका कुराहरू विश्वास गर्न गाह्रो हुन्छ।
त्यसैले मलाई "अमेजिङ ग्रेस अथवा अचम्मको अनुग्रह" बोलको गीत पछाडि रहेको कथा निक्कै मन पर्छ।
अचम्मको अनुग्रह कति मीठो धुन,
यसले म जस्तै एक घृणित व्यक्तिलाई बचायो!
म एक पटक हराएको थिएँ, तर अहिले फेला परिएको छु;
अन्धो थिएँ, तर अहिले म देख्छु।
तपाईं मण्डली जाने व्यक्ति हो कि होइन, मलाई थाहा छैन तर जानेहरूलाई चाहिँ यो गीत पक्कै थाहा छ। इतिहासको सबैभन्दा धेरै रेकर्ड गरिएको गीतहरू मध्ये एकको रूपमा, "अमेजिंग ग्रेस" एल्विस, अरेथा फ्रैंकलिन र बोनोद्वारा पनि आफ्नै ढंगमा गाइएको छ। नेल्सन मण्डेलाले नेतृत्व सम्हाल्दा यो गीत गाइयो र द सिम्पसन्स (कार्टुन भिडियो)मा पनि देखाइयो!
तर तपाईंलाई थाहा नहुन सक्छ कि "अमेजिङ ग्रेस" अठारौं शताब्दीका जोन न्युटन नाउँ गरेका दासहरू बोक्ने जहाजका कप्तानले लेखेका थिए।
न्यूटनको एक प्रतिष्ठा थियो जसले हामीमध्ये धेरैलाई तुलनात्मक रूपमा तिनीभन्दा निक्कै राम्रो देखाउँछ। हुन सक्छ तपाईंले आफ्नो गल्तीको महसुस गर्नुहुन्छ र आफू घिनलाग्दो व्यक्ति ठान्नुहुन्छ। न्युटनले दासत्वको निम्ति मानव बेचविखान गर्ने व्यवसाय गर्दथे पैसा कमाउँथे। त्यसैले उनी त्यसका दोषी हुन्।
त्यसोभए परमेश्वरले आफूलाई कत्तिको प्रेम गर्नुभयो भनेर यो मानिसले कसरी गीत लेख्न सक्थ्यो?
यसको जवाफ अनुग्रह हो।
येशू ख्रीष्टको सुसमाचार यो होइन कि तपाईं र म परमेश्वरले प्रेम गर्न सक्ने गरी आफैलाई शुद्ध पार्न सक्छौं। बरु, यो हो कि हाम्रो बारेमा सबैभन्दा खराब कुरा थाहा हुँदाहुँदै पनि परमेश्वरले हामीलाई हाम्रा पापहरूबाट बचाउन प्रेमपूर्वक अग्रसरता लिनुभयो।
रोमी ५:८ ले यसलाई यसरी भन्छ, "तर परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम यसैमा देखाउनुहुन्छ; जब हामी पापी थियौं, ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। (एनआईवी)
जोन न्युटनले परमेश्वरको अनुग्रहको खिल्ली उडाउँदै वर्षौं बिताए। उनले परमेश्वरको प्रेमको बारेमा उही कुराहरू सुनेका थिए जुन सुनेर म हुर्केको थिएँ। सायद तपाईंले सुनेका कुराहरू पनि हुन सक्छन्। तर उनले विश्वास गर्न सकेनन्। तिनले यो विश्वास गर्न चाहँदैनथे।
त्यसपछि एक रात आफ्नो दासहरू बोक्ने जहाजलाई हिंस्रक आँधीबेहरीबाट पार गर्दा तिनले परमेश्वरलाई दयाको लागि पुकारे। जब तिनको जहाज सकुशल पार भयो, तिनले अन्ततः येशूमा आफ्नो विश्वास राखे र अनुग्रह प्राप्त गरे जुन उनले यति लामो समयसम्म अस्वीकार गरेका थिए।
पछि न्युटनले बेलायतमा दासत्व व्यापार अन्त्य गर्न भूमिका खेले। तिनी प्रचारक बने, गरिबहरूको हेरचाह गरे र जीवनका सबै क्षेत्रका मानिसहरूलाई एकै ठाउँमा ल्याउने पास्टरको रूपमा ख्याति कमाए।
परमेश्वरको अनुग्रहले न्युटनलाई मात्र बचाएन, तर उसलाई परिवर्तन पनि गऱ्यो।
न्युटन परमेश्वरसितको आफ्नो सम्बन्धमा जतिसुकै हुर्किंदै गए तापनि उनले यो सबै अनुग्रहको कारण मात्र भएको हो भन्ने कुरा कहिल्यै बिर्सेनन्। तिनको अपराध दण्डको योग्य थियो र हाम्रा पापहरू पनि। तर परमेश्वरको प्रेमले उनले भोग्नुपर्ने त्यो दण्ड येशूमाथि खन्याउन प्रेरित गऱ्यो, जसले स्वेच्छाले क्रूसमा हाम्रो स्थान लिनुभयो। यो अचम्मको अनुग्रह हो।
न्यूटनले जीवनको उत्तरार्धमा भने...
"म दुइटा कुरा सम्झन्छु: म एक महापापी हुँ र ख्रीष्ट महान् मुक्तिदाता!
त्यसोभए, ती सबै अपराध र घिनलाग्दा कुराबारे के भन्ने त? तपाईंका गल्तीहरू बारे के भन्नुहुन्छ? तपाईंले गर्नुभएका वा भन्नुभएका ती कुराहरूबारे के भन्नुहोस् जुनसायद तपाईंले फिर्ता लिन सक्ने भए, लिन चाहनुहुन्थ्यो होला? के तपाईं अप्रिय हुनुहुन्छ? के परमेश्वरको अनुग्रहको निम्ति तपाईंको पाप धेरै छन् जस्तो लाग्छ?
आउनुहोस्, आज न्यूटनबाट पाठ सिकौं र परमेश्वरको प्रेम हाम्रो स्थितिमा निर्भर गर्दैन भन्ने अचम्मलाग्दो सत्यमा विश्राम गरौं, र उहाँको अनुग्रह म जस्तो दुष्टलाई बचाउन चाहेभन्दा पनि पर्याप्त छ भन्ने बुझौं।
आशीर्वाद,
- निक हॉल
धर्मशास्त्र
यस योजनाको बारेमा
यस ग्रेस भक्तिको गीत मार्फत तपाईंको लागि परमेश्वरको प्रेमको गहिराइ पत्ता लगाउनुहोस्। इभान्जेलिस्ट निक हलले तपाईंलाई भगवानको अनुग्रहको गानमा सामेल हुन निमन्त्रणा दिँदै शक्तिशाली ५-दिने भक्तिको माध्यमबाट मार्गदर्शन गर्नेछन्।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा PULSE Outreach लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://anthemofgrace.com/