YouVersion लोगो
खोज आइकन

ग्रेसको गान (Anthem of Grace)नमूना

ग्रेसको गान (Anthem of Grace)

दिन 2 को 5

येशूलाई पछ्याउने सम्बन्धमा मलाई निक्‍कै मनपर्ने कुरा भनेको उहाँलाई पछ्याउने सम्बन्धमा न्यून महत्वको कुरा पनि हो।

मलाई स्पष्‍ट पार्न दिनुहोस्:

परमेश्वरले मलाई आफ्नो परिवारमा निमन्त्रणा गर्नुभएको कुरा निक्‍कै मन पर्छ। म यसको लायक थिइनँ। म मेरो जीवनमा भएका पापहरूको लागि दण्डको हकदार थिएँ, र यसलाई ठीक गर्न मैले केही पनि गर्न सकिनँ। यस्तो लाग्यो कि म क्लबमा प्रवेश गर्न सकिनँ किनकि त्यहाँ प्रवेश गर्ने शुल्क महंगो थियो। अनि त्यसपछि परमेश्वर आइपुग्नुभयो र त्यो शुल्क तिरिदिनुभयो र म भित्र जान सकें।

त्यो अनुग्रह हो।

तर बुझ्‍नुपर्ने कुरा यो छ ... परमेश्वरको अनुग्रह सबैका लागि हो, जसमा ती मानिसहरू पनि समावेश छन् जसले तपाईंको जीवनलाई कठिन बनाउँदछन्।

हामी सबैको जीवनमा त्यस्ता मानिसहरू छन् जसले हामीलाई भत्काउँछन्, हामीलाई गलत तरिकाले रगड्छन्, र सामान्यतया हामीलाई पागल बनाउँदछन्। सायद यो तपाईंले व्यक्तिगत रूपमा चिनेको व्यक्ति पनि हुन सक्छ। वा शायद त्यो अनलाइनमा चिनेको कुनै व्यक्ति पनि होला।

आज हाम्रो संसारमा यसरी हामीलाई सबैभन्दा बढी दुःख दिने व्यक्तिहरू ती हुन् जसलाई हामीले कहिल्यै भेटेका छैनौं। जस्तै: लोकप्रिय व्यक्ति वा राजनीतिक दल वा टिकटक प्रभावी।

यो जोसुकै होस्, साझा सूत्र यो हो कि जब कसैले हामीलाई अपमान गर्छन्, तब ती व्यक्तिहरू "तिनीहरू" बन्छन्।

जस्तै, तपाईं तिनीहरूसँग तर्क गर्न सक्नुहुन्न। तपाईं तिनीहरूसँग कुरा गर्न सक्नुहुन्न। तपाईं तिनीहरूलाई सम्मान गर्न सक्नुहुन्न। तपाईं तिनीहरूलाई प्रेम गर्न सक्नुहुन्न।

मानिसहरूसँग अरूहरूलाई निन्दा गर्ने र दर्जा दिने क्षमता छ। प्राय: मानिसहरूका सम्पूर्ण समुदायलाई नै यस्तो मापनले चित्रण गर्ने गर्छन् जुन आफूलाई कहिल्यै चलाउँदैनन्। मैले त्यो गरेको छु र तपाईंले पनि त्यो गर्नुभयो भन्‍ने कुरा ठोकुवासाथ भन्‍न सक्छु।

परमेश्वरको प्रशंसा होस्! उहाँले कहिल्यै त्यस्तो गर्नुहुन्‍न।

किनभने अनुग्रहसम्बन्धी सत्य कुरा यो हो कि हामी सबैलाई त्यसको खाँचो छ। अनि त्यो प्राप्त गरिसकेपछि, परमेश्वरले तपाईंलाई र मलाई अरूसमक्ष आफ्नो अद्भुत अनुग्रह प्रदान गर्न बोलाउनुहुन्छ।

कलस्सी ३:१३ ले भन्छ,

"एक-अर्कालाई सहने गर र कसैको विरुद्धमा कुनै गुनासो छ भने, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभएझैं क्षमा गर।"

परमेश्‍वरले मानिसलाई प्रेम गर्नुपर्ने कारण उहाँ हाम्रो प्रेमको ऋणी भएर होइन। नता क्षमाको ऋणी नै बन्‍नुभएको छ। त्यसरीनै स्वर्गमा अनन्त जीवन प्रदान गर्ने प्रतिज्ञाको वा हामीसँग उहाँले सम्बन्ध गाँस्‍नुपर्ने बाध्यताको ऋणी बन्‍नुभएको छ। यो सबै शुद्ध अनुग्रह मात्र हो। त्यसैले, हामीले आफैलाई सोध्नैपर्ने प्रश्न यो हो: परमेश्वरबाट यस्तो अद्भुत अनुग्रह हामी कसरी पाउन सक्छौं र अरूलाई त्यो दिन सक्दैनौं?

अनुग्रहको अर्थ यो होइन कि तपाईं जोसुकैले भनेको वा गरेको जेसुकै कुरामा सहमत हुनुपर्छ। अनुग्रहको अर्थ यो पनि होइन कि तपाईंले संसारमा पापलाई पूर्ण रूपले छोड्‍नुभएको छ। अनुग्रहको अर्थ यो पनि होइन कि तपाईं सही कुराको लागि खडा हुनुहुन्न।

अनुग्रहको अर्थ यो हो कि तपाईं कसैलाई दोषी ठहराउनुहुन्न वा तपाईंको प्रेमलाई रोक्नुहुन्न किनकि तिनीहरूले तपाईंलाई चोट पुर्‍याएका छन् वा कतै गलत पनि गरेका होलान्। किन?

किनभने परमेश्वरले तपाईंलाई यसरी नै प्रेम गर्नुहुन्छ... परमेश्वरले तिनीहरूलाई पनि त्यसरी नै प्रेम गर्नुहुन्छ।

आशीर्वाद,

-निक हॉल

धर्मशास्त्र

दिन 1दिन 3

यस योजनाको बारेमा

ग्रेसको गान (Anthem of Grace)

यस ग्रेस भक्तिको गीत मार्फत तपाईंको लागि परमेश्वरको प्रेमको गहिराइ पत्ता लगाउनुहोस्। इभान्जेलिस्ट निक हलले तपाईंलाई भगवानको अनुग्रहको गानमा सामेल हुन निमन्त्रणा दिँदै शक्तिशाली ५-दिने भक्तिको माध्यमबाट मार्गदर्शन गर्नेछन्।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा PULSE Outreach लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://anthemofgrace.com/