यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्: तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।