1
यशैया 6:8
नेपाली नयाँ संशोधित संस्करण
तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
तुलना
अन्वेषण गर्नुहोस् यशैया 6:8
2
यशैया 6:3
अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिए: “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
अन्वेषण गर्नुहोस् यशैया 6:3
3
यशैया 6:5
मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।”
अन्वेषण गर्नुहोस् यशैया 6:5
4
यशैया 6:1
उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो।
अन्वेषण गर्नुहोस् यशैया 6:1
5
यशैया 6:7
तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।”
अन्वेषण गर्नुहोस् यशैया 6:7
6
यशैया 6:2
उहाँको मास्तिर सराफहरू खड़ा थिए— प्रत्येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दैथिए।
अन्वेषण गर्नुहोस् यशैया 6:2
7
यशैया 6:6
तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए।
अन्वेषण गर्नुहोस् यशैया 6:6
8
यशैया 6:9
उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन, “‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ, तर थाहा पाउँदैनौ’।
अन्वेषण गर्नुहोस् यशैया 6:9
9
यशैया 6:10
यी मानिसहरूका हृदय कठोर, र तिनीहरूका कान नसुन्ने पार, र तिनीहरूका आँखा बन्द गरिदेऊ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्लान्, र आफ्ना कानले सुन्लान्, र तिनीहरूका हृदयले बुझ्लान्, र फेरि फर्केर तिनीहरू निको होलान्।”
अन्वेषण गर्नुहोस् यशैया 6:10
होम
बाइबल
योजनाहरू
Videos