1
२ कोरिन्थी 12:9
सरल नेपाली पवित्र बाइबल
तर उहाँले भन्नुभयो, “तिमीलाई मेरो अनुग्रह भए पुग्छ। मेरो शक्ति कमजोरीमा पूरा हुन्छ।” त्यसो हुँदा ख्रीष्टको शक्ति ममा रहोस् भनेर कमजोर भएकोमा झन् धेरै खुसीले म घमण्ड गर्दछु।
तुलना
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 12:9
2
२ कोरिन्थी 12:10
त्यसैले ख्रीष्टको लागि म कमजोरी हुँदा, हेला गरिंदा, अप्ठ्यारोमा पर्दा, सताइँदा, दु:ख पाउँदा खुसी हुन्छु किनभने जब म कमजोर छु, तब म शक्तिशाली हुन्छु।
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 12:10
3
२ कोरिन्थी 12:6-7
मैले घमण्डै गर्न रुचाउँदा पनि म मूर्खचाहिँ छैन किनभने म त सत्य कुरा बोल्दछु। मलाई कसैले गरेको वा भनेको भन्दा ठूलो सम्झिदेओस् भन्ने म चाहन्नँ। मैले धेरै अचम्मका थोकहरू देखें भनी घमण्डले फुलिनबाट रोक्न मलाई शरीरमा काँडाले घोच्ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्ड गर्नबाट रोक्छ।
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 12:6-7
होम
बाइबल
योजनाहरू
भिडियोहरू