1
उपदेशक 4:9-10
सरल नेपाली पवित्र बाइबल
एकभन्दा दुई असल हो किनभने तिनीहरू मिलेर अझ बढी काम गर्न सक्छन्। एउटा लड्दा अर्काले उठाउन सक्छ। तर एक्लो मानिस लड्यो र उसलाई उठाउने कोही भएन भने उसको अवस्था कस्तो विजोग हुन्छ!
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 4:9-10
2
उपदेशक 4:12
एक्लो मानिसले थाम्न नसक्ने आक्रमण दुई जनाले थाम्न सक्छन्। तीन सुताले बाटेको डोरी चुँडाउन गाह्रो पर्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 4:12
3
उपदेशक 4:11
जाडोमा दुई जना सँगै सुत्न सके न्यानो हुन्छ तर एक्लै कसरी न्यानो हुन सक्छ र?
अन्वेषण गर्नुहोस् उपदेशक 4:11
4
उपदेशक 4:6
त्यो कुरा ठीकै होला तर दुवै हातले मेहनत गरेर हावा समात्न खोज्नुभन्दा त एकै मुट्ठी मात्र भरेर मनमा शान्ति भएको असल हो।
अन्वेषण गर्नुहोस् उपदेशक 4:6
5
उपदेशक 4:4
मानिसहरू सफलता प्राप्त गर्न किन अति परिश्रम गर्छन्, त्यो पनि मैले जानेको छु। आफ्ना छिमेकीहरूसित ईख भएकाले तिनीहरू त्यसो गर्छन्। त्यो व्यर्थ छ। त्यो हावालाई खेदेझैँ हो।
अन्वेषण गर्नुहोस् उपदेशक 4:4
6
उपदेशक 4:13-14
कुनै मानिस गरीबीबाट उठेर देशको राजा बन्ला अथवा कैदबाट छुटेर राज-गद्दीमा बस्न पुग्ला तर बुढेस-कालमा उसले कसैको सल्लाह नलिने मूर्खता गर्यो भने उसको दशा त एउटा गरीब तर बुद्धिमान् युवाको भन्दा असल हुँदैन।
अन्वेषण गर्नुहोस् उपदेशक 4:13-14
होम
बाइबल
योजनाहरू
भिडियोहरू