1
यशैया 6:8
सरल नेपाली पवित्र बाइबल
तब परमप्रभुले यसो भन्नुभएको मैले सुनें, “म कसलाई पठाऊँ? हाम्रो सन्देशवाहक को हुने हो?” मैले जवाफ दिएँ, “म जानेछु! मलाई पठाउनुहोस्।”
तुलना
अन्वेषण गर्नुहोस् यशैया 6:8
2
यशैया 6:3
तिनीहरू आपसमा यसो भन्दै पुकार्दै थिए: “पवित्र, पवित्र, पवित्र! सर्वशक्तिमान् परमप्रभु पवित्र हुनुहुन्छ! उहाँको महिमाले सारा संसार भरिपूर्ण छ।”
अन्वेषण गर्नुहोस् यशैया 6:3
3
यशैया 6:5
मैले भनें, “हाय! म नाश हुनेछु। म नाश हुनेछु किनभने मेरा ओठबाट निस्केको हरेक शब्द पापमय छ र म अपवित्र ओठ भएका मानिसहरूका बीचमा बास गर्दछु। तर पनि सर्वशक्तिमान् परमप्रभु महाराजालाई मैले आफ्ना आँखाले देखेको छु!”
अन्वेषण गर्नुहोस् यशैया 6:5
4
यशैया 6:1
उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुको दर्शन पाएँ। उहाँ सर्वोच्च सिंहासनमा विराजमान् हुनुहुन्थ्यो र उहाँको वस्त्रले सारा मन्दिर ढाकिएको थियो।
अन्वेषण गर्नुहोस् यशैया 6:1
5
यशैया 6:7
तिनले मेरो ओठ त्यस भुङ्ग्राले छोएर यसो भने, “यसले तिम्रो ओठ छोएको छ र तिम्रा दोषहरू अब मेटिए र पाप क्षमा भए।”
अन्वेषण गर्नुहोस् यशैया 6:7
6
यशैया 6:2
उहाँका मास्तिर आगोको ज्वालाझैँ चहकिला स्वर्गदूतहरू थिए र तिनीहरू प्रत्येकका छ-छ वटा पखेटाहरू थिए। दुई वटा पखेटाले आफ्नो मुख, दुईटा पखेटाले आफ्नो खुट्टा ढाकेका थिए र अर्को दुईटा पखेटाले तिनीहरू उड्दथे।
अन्वेषण गर्नुहोस् यशैया 6:2
7
यशैया 6:6
तब आगोको ज्वालाझैँ चहकिलो एउटा स्वर्गदूत वेदीबाट आगोको भुङ्ग्रो चिम्टाले च्यापेर मकहाँ उडेर आए।
अन्वेषण गर्नुहोस् यशैया 6:6
8
यशैया 6:9
तब उहाँले मलाई गएर मानिसहरूलाई यो सन्देश भन्दिन आज्ञा गर्नुभयो, “तिमीहरूले जति नै सुने पनि बुझ्नेछैनौ, तिमीहरूले जति नै हेरे पनि के भइरहेछ, सो थाहा पाउनेछैनौ।”
अन्वेषण गर्नुहोस् यशैया 6:9
9
यशैया 6:10
त्यसपछि उहाँले मलाई भन्नुभयो, “तैँले यी मानिसहरूका बुद्धि बोधो पार्, कान बहिरा र आँखा अन्धा पारिदे, होइन भने त तिनीहरूले देख्नेछन्, सुन्नेछन् र बुझ्नेछन् र तिनीहरू मतिर फर्कनेछन् र निको हुनेछन्।”
अन्वेषण गर्नुहोस् यशैया 6:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू