1
गन्तीको पुस्तक 21:8
पवित्र बाइबल
NERV
परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।”
तुलना
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 21:8
2
गन्तीको पुस्तक 21:9
यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 21:9
3
गन्तीको पुस्तक 21:5
मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरुभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा-खाँदा वाक्क भई सक्यो।”
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 21:5
4
गन्तीको पुस्तक 21:6
यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 21:6
5
गन्तीको पुस्तक 21:7
मानिसहरू आएर मोशासँग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 21:7