1
1राजाहरू 19:12
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
भुइँचालोपछि आगो आयो, तर याहवेह आगोमा पनि हुनुहुन्नथ्यो। अनि आगोपछि एउटा सुस्त र शान्त कानेखुसीको सोर आयो।
तुलना
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:12
2
1राजाहरू 19:4
तर तिनीचाहिँ एक दिनको बाटो भएर उजाडस्थानमा गए। तिनी एउटा अम्रिसको झाडीमा आइपुगे, र त्यसको फेदमा बसे। तिनले मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, “हे याहवेह, मेरा लागि अति भयो। मेरो प्राण लिनुहोस्; म मेरा पितापुर्खाहरूभन्दा असल छैनँ।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:4
3
1राजाहरू 19:11
याहवेहले भन्नुभयो, “गएर पर्वतमा याहवेहको उपस्थितिमा खडा हो। किनकि याहवेह त्यहाँबाट भएर जाँदैहुनुहुन्छ।” तब एउटा शक्तिशाली बतास आएर पर्वतलाई फुटाइदियो अनि चट्टानलाई याहवेहको सामु छिन्नभिन्न पारिदियो। तर त्यस बतासमा याहवेह हुनुहुन्नथ्यो। बतासपछि भुइँचालो आयो, तर त्यस भुइँचालोमा याहवेह हुनुहुन्नथ्यो।
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:11
4
1राजाहरू 19:13
त्यो सोर सुनेपछि एलियाले आफ्नो खास्टोले आफ्नो मुख ढाके, र बाहिर गए, र तिनी गुफाको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, “एलिया, तँ यहाँ के गर्दैछस्?”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:13
5
1राजाहरू 19:9
त्यहाँ तिनी एउटा गुफाभित्र पसे, र त्यहीँ रात बिताए। याहवेहको वचन तिनीकहाँ आयो “एलिया, तँ यहाँ के गर्दैछस्?”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:9
6
1राजाहरू 19:8
यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए।
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:8
7
1राजाहरू 19:5
तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए। तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:5
8
1राजाहरू 19:7
याहवेहका दूत दोस्रो पल्ट आएर तिनलाई छोएर भने, “उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:7
9
1राजाहरू 19:10
तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:10
10
1राजाहरू 19:6
तिनले चारैतिर हेरे, र आफ्नो सिरान छेउमा ताता कोइलाहरूमा पकाइएका केही रोटी र एउटा पानीको सुराही देखे। तिनले त्यो खानपिन गरेर फेरि ढल्के।
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:6
11
1राजाहरू 19:2
यसकारण ईजेबेलले एलियाकहाँ यसो भनेर दूतहरू पठाइन्, “भोलि यस बेलासम्म मैले तेरो जीवनलाई पनि तिनीहरू प्रत्येकको जस्तै बनाइनँ भने देवताहरूले मसित कठोर व्यवहार गरून्।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:2
12
1राजाहरू 19:18
तरै पनि बालको सामु आफ्ना घुँडा नटेकेका र आफ्ना ओठहरूले त्यसलाई चुम्बन नगरेका सात हजारलाई म इस्राएलमा बचाइराख्छु।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:18
13
1राजाहरू 19:19
यसकारण एलिया त्यहाँबाट हिँडे, र तिनले शापातका छोरा एलीशालाई खेत जोत्दै गरेको भेटे। त्यहाँ बाह्र हल गोरुहरू थिए; र तिनी आफूले चाहिँ बाह्रौँ हल गोरु जोत्दैथिए। एलिया तिनीकहाँ गए, र आफ्नो खास्टो तिनलाई ओढाइदिए।
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:19
14
1राजाहरू 19:21
यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:21
15
1राजाहरू 19:20
तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, “मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।” एलियाले जवाफ दिए, “फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?”
अन्वेषण गर्नुहोस् 1राजाहरू 19:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू