1
1 थेसलोनिकी 5:16-18
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
तुलना
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 5:16-18
2
1 थेसलोनिकी 5:23-24
तिमीहरूलाई शान्तिका परमेश्वर आफैँले सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क रहून्। तिमीहरूलाई बोलाउनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 5:23-24
3
1 थेसलोनिकी 5:15
यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 5:15
4
1 थेसलोनिकी 5:11
यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 5:11
5
1 थेसलोनिकी 5:14
दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 5:14
6
1 थेसलोनिकी 5:9
किनकि परमेश्वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई नियुक्त गर्नुभएको हो।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 5:9
7
1 थेसलोनिकी 5:5
तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 5:5
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू