कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ,
अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ?
कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ,
अथवा पर्वतहरू
र डाँडाहरूलाई तराजुमा जोखेको छ?
कसले याहवेहको मनलाई बुझेको छ,
वा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
समझको निम्ति याहवेहले कससित सल्लाह लिनुभयो,
र कसले उहाँलाई उचित मार्ग देखायो?
उहाँलाई ज्ञान सिकाउने
अथवा समझको मार्ग देखाउने को हो?